दफा
पुनरावेदन सम्बन्धमा धरौट राख्ने र म्याद

(१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐन अन्तर्गत न्यायाधिकरण वा उच्च अदालतमा पुनरावेदन गर्दा देहायबमोजिम धरौट वा शर्त बिनाको मुद्दाको अवधिसम्म अद्यावधिक हुन सक्ने बैङ्क जमानत नराखी पुनरावेदन लाग्ने छैन:

(क) कर निर्धारण भएकोमा निर्धारित करको पचास प्रतिशत रकम र जरिवाना भएकोमा जरिवानाको रकम र दुवै भएकोमा निर्धारित करको पचास प्रतिशत रकम र जरिवानाको रकम त्यस्तो निर्धारण गर्ने वा जरिवाना गर्ने अधिकृतले तोकिदिएको कार्यालयमा,

(ख) भन्सार महसूल वा अन्तःशुल्क निर्धारण भएकोमा निर्धारित भन्सार महसूल वा अन्तःशुल्कको रकम र जरिवाना भएकोमा जरिवानाको रकम र दुवै भएकोमा दुवै रकम त्यस्तो निर्धारण गर्ने वा जरिवाना गर्ने अधिकृतले तोकिदिएको कार्यालयमा ।

(२) ……………

(३) मुद्दा कारवाई किनारा हुँदा कब्जामा लिएको वा जफत गरिएको माल वस्तु सडी गली जाने वा त्यसको गुण ह्रास भई मोल घट्न जाने भएमा प्रचलित नेपाल कानूनबमोजिम लिलाम बिक्री गरी आएको मोल धरौटीमा राखी मुद्दामा ठहरेबमोजिम गर्नुपर्छ । सवारीको साधन वा मेशिनरी सामान भए मोल बापत धरौट, ज्यथा जमानी वा माथवर धन जमानी लिई मालधनी जिम्मा दिन सकिनेछ ।

(४) यस ऐन अन्तर्गत न्यायाधिकरणमा पुनरावेदन गर्दा शुरु कारवाही र किनारा गर्ने अधिकारीले गरेको निर्णय सुनिपाएको वा त्यस्को सूचना तामेल भएको पैंतीस दिनभित्र पुनरावेदन गर्नु पर्नेछ ।